नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक हालै बस्यो । बैठकको पहिलो पटक प्रत्यक्ष प्रसारण पनि भयो । नेपाली काँग्रेसले आफूलाई नेपालका अन्य पार्टीभन्दा बढी लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै आइरहको छ ।नेपालमा जन्मिएका अन्य दलभन्दा काँग्रेस पुरानो पार्टी पनि हो । लोकतान्त्रिक पार्टी भनिएको काँग्रेसले पहिलो पटक केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण विभिन्न संचारमाध्यामबाट गरेको थियो जसका कारण कसले के भने त्यो स्पष्ट जनता समक्ष आएको छ ।काँग्रेस सभापति प्रधान भएको पार्टी हो । तर, केन्द्रीय समितिको बैठकको केही भाग हेर्दा सभापति निकै निरंकुश भएको देखिन्छ । काँग्रेसमा युवा पुस्ताका नेताहरुले सभापति शेरबहादुर देउवाको विकल्प खोजेको जस्तो देखिन्थ्यो तर बैठकमा जसरी युवा पुस्ताहरुले आफ्ना कुरा राखे सभापतिले सिधै अस्वीकार गरिदिएको पनि देखिएको छ ।अस्वीकार मात्रै होइन, एक प्रकारले सभापतिले हेपेको हो कि भन्ने पनि देखिन्छ । लोकतन्त्रमा सबैको कुरा सुनिनु पर्दछ अनि सबैको भावनाको संबोधन पनि हुनु पर्दछ । तर काँग्रेसमा यस्तो भएको देखिएन बरु सभापतिको आदेशको पालना गर्नपर्छ भन्ने खालाका भिडियोहरु अहिले पनि सामाजिक संजालहरुमा यत्रतत्र रहेका छन् ।त्यसैले पनि काँग्रेसले जसरी आफूलाई लोकतान्त्रिक पार्टी भन्छ, त्यो हिसावले ऊ लोकतान्त्रिक बन्न सकिरहेको छैन कि भन्ने देखिएको छ ।















