अनिल तिवारी
सिमरा –  पर्सा राष्ट्रिय निकुञ्ज जनहित उपभोक्ता समिति अन्तरगत रहेको भिमेश्वर सामुदायीक बन उपभोक्ता समिति र जनजागरण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समितिले चिसोबाट बच्न दाउरा बितरण गरेको छ । भिमेश्वर सामुदायीक बनले ईलाका प्रहरी कार्यालय सिमराको सहकार्यमा पथलैया, सिमरा आसपासको क्षेत्रमा पर्ने प्रत्येक चोकमा दाउरा वितरण गरेको भिमेश्वर सामुदायीक बन समितिका अध्यक्ष पेशलकुमार मुल्मीले जानकारी दिनुभएको छ ।

 

 

 

बन संरक्षणको क्षेत्रमा काम गर्दै आएको यस समितिले पछिलो समय जाडोबाट बचन आवश्यक पर्ने दाउरा आफ्नो क्षेत्रमा पर्ने प्रत्येक चोकमा लगेर बाल्ने समितिका अध्यक्ष मुल्मीले जानकारी दिनुभयो । यसैगरी जनजागरण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समितिलेपनि आफ्नो कार्यक्षेत्र पर्ने गाँउको प्रत्येक चोक चोकमा दाउरा उपलब्ध गराएको समितिका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।  उहाँले करिब ५० क्वीनटल दाउरा रामबन, नगौल, सिदरीया टोल र जीतपुरमा वितरण गरेको जानकारी दिनुभयो ।

 

 

 

 

ईलाका प्रहरी कार्यालय जीतपुरको सहकार्यमा यस समितिले दाउरा वितरण गरेको हो । विगत ५ दिनदेखि घाम नलागेका कारण चिसो बढेपछि बारा लगाएत मध्य तराईकै जील्लाहरुमा जनजिवन प्रभावित भएको छ । बारामा दुई दिनदेखि बाक्लो हुसु लाग्ने र घाम नलागेपछि चीसो बढेको हो । चिसोका कारण विद्यालय जाने विद्यार्थीका साथै विभिन्न कार्यलयमा काम लिएर जाने सेवाग्राहीको संख्यामा समेत कमि आएको देखिएको छ । पाँच दिनदेखि लगातार हावा चल्ने र घाम नलागेपछि यहाँ चिसो बढेको हो ।

 

 

 

 

जल तथा मौसम विज्ञान विभागको सिमरा स्थित फिल्ड कार्यालय बुधवार साझसम्म न्युनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको जनाएको छ । यसैगरी बढेको चिसो कारण बच्चाका साथै बृद्धहरुमा विभिन्न समस्या देखा पर्ने भएका कारण बच्चा र बृद्धलाई चीसोबाट बढि जोगाउनुपर्ने चिकित्सकहरुको सल्लाह रहेको छ ।

Leave a Reply