कलैया,प्रहरीको खोजी सूचीमा रहेका कलैयास्थित सोना एकेडेमी सेकेन्डरी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल अमित साह विरुद्ध पक्राउ पुर्जी जारी भएको २ साता बितिसक्दा पनि प्रहरीले नियन्त्रणमा लिनसकेको छैन ।विद्यार्थी कुटेको आरोपमा पीडित बालिकाका अभिभावकहरुले प्रहरीमा दिएको जाहेरीपछि जिल्ला अदालत बाराबाट पक्राउ पुर्जीसमेत जारी भएको २ साता बितिसक्दा पनि प्रहरीले प्रिन्सिपल साहलाई पक्राउ गर्न नसकेको हो ।

प्रिन्सिपल साहले गत भदौ १८ गते ६ वर्षीय बालिकालाई स्कुलमा निर्घात कुटपिट गरेको भन्दै अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए । साह विरुद्ध जिल्लाको देवताल गाउँपालिका वडा नम्बर ६ मा बस्ने २९ वर्षीय उप्रेन्द्र पटेलले गत भदौ २० गते जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिनुभएको थियो । प्रहरीले भने गत भदौ २५ साह विरुद्धको जाहेरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जीसमेत प्राप्त गरेको छ ।

प्रिन्सिपल साह विरुद्ध बालबालिका सम्बन्धि ऐन २०७५ को बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
पीडित बालिकाका अभिभावकले नै जाहेरी दिएपछि प्रिन्सिपल साहलाई पक्राउ गरी कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता सापकोटाले बताउनुभएको छ ।

Leave a Reply