प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको महासमितिको बैठकमा विभिन्न विषयमाथि छलफल भइरहेको छ । सरकारको मुख्य साझेदार दलको रुपमा रहेको नेपाली काँग्रेसभित्र देखिएको दुई समूहको विवाद समेत यो बैठकमा देखिएको छ । यद्यपि काँग्रेसमा झट्ट हेर्दा दुई समूह मात्रै देखिए पनि पार्टीभित्र अनगिन्ति गुट उपगुटहरु रहेको काँग्रेसकै नेताहरुले बताउदै आइरहेका छन् । काँग्रेस देशको ठूलो पार्टी भएकाले यसले लिने नीति भने यसैपनि महत्वपूर्ण नै हुने गर्दछन् ।

काँग्रेसभित्र उठेको अन्य विषयभन्दा पनि चुनावमा गठबन्धन गर्न नहुने एक थरिको मतको भने अर्थ छ । नेपालमा जब चुनाव आउछ, तब राजनीतिक दलहरुले सिद्धान्तहिन गठबन्धन गरेर मतदातालाई समेत सिण्डीकेट लागू गरेको देखिन्छ ।
सरकार संचालनको सवालमा गठबन्धन आवश्यक होला र पर्ला पनि तर चुनावमा गठबन्धन गरिनु राम्रो होइन । जसले मतदाताहरुलाई भ्रमित मात्रै हुने काम पनि गरिरहेको छ ।

अब काँग्रेसका महामन्त्री गगन थापाहरुले उठाएको यो विषयले पार्टीमा कत्तिको स्थान पाउला र यो काँग्रेसको संस्थागत निर्णय होला नहोला त्यसका लागि त केही समय कुर्न पर्ला । यो विषयले तत्काल मुर्त रुप लिने संभावना पनि कम छ तर पनि गठबन्धन भने गर्न हुन्न ।अब गठबन्धन गरेकै आधारमा जनताले आँखा चिम्लिएर मत दिने संभावना पनि कम छ । त्यसैले पनि काग्रेसको महासमितिको बैठकमा भएको यो छलफलले व्यापकता पाउन आवश्यक छ ।

Leave a Reply