अहिले मोवाइल फोनका बिषयमा धेरै टिप्पणी भएको पाइन्छ । केही समययता ‘मोबाइलका कारण बालविवाह बढ्यो’ भन्ने बेहोराका समाचार बढेको देखिन्छ । तर, अहिले मोबाइल फोनजस्तो समयको आविष्कारबाट टाढा राख्ने दलिल गरिने गरिन्छ । यद्यपि यो दलिल पनि टिक्नेवाला भने छैन, तर पनि बालविवाहको कारण भने खोज्नैपर्ने भएको छ ।कुनै पनि कारणले किशोरावस्थामै विवाह बन्धनमा परेका छोरीहरूमध्ये अधिकांशले आजीवन विभिन्न समस्याको सामना गर्नुपरेको देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

तराई मधेशकै जिल्लामा वाल विवाह बढेको छ । त्यसमध्ये अधिकांश केटीहरू बालविवाहका कारण विद्यालय आउन बन्द गरेको समाचारमा उल्लेख छ । शिक्षक र अभिभावकले एकमुख भएर गरेको टिप्पणी हो– मोबाइल फोनका कारण उनीहरूले छिटो विवाह गरी ठाउँ छोडेकाले विद्यालय नआएका हुन् ।फोन र मोबाइल चलाउने किशोरीलाई यही माध्यमको प्रयोग गरेर केटाहरूले फकाउने र भगाउनेसम्मको अवस्था रहेको उनीहरूको भनाइ छ । महाभारत क्षेत्रमा विद्यार्थीले मात्रै होइन २० वर्ष नपुगी विवाह गर्ने शिक्षिकाहरू पनि काखे बालकका साथ विद्यालय आउने गरेको समाचारमा उल्लेख छ ।

 

 

 

 

 

 

 

 

यसरी विवाह गर्ने किशोरीहरू १४ वर्षका मात्र पनि रहेको विवरण छ । अभिभावकको सरसल्लाह र सम्मतिबिना विवाह गर्ने यस्ता बालबालिकाले सामाजिक र कानुनीरूपमा समेत समस्या भोग्नुपरेको छ ।यसरी प्रविधिलाई गाली गर्नुभन्दा पनि यसको सदुपयोगमा भने ध्यान दिन आवश्यक छ ।

Leave a Reply