काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ रहेको थियो । दुई दिनको अन्तरालमा सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर ३ हजार २१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख १२ हजार ७०५ रुपैयाँ कायम भएको छ भने १० ग्राम चाँदीको मूल्य २ हजार ७५६ रुपैयाँ निर्धारण गरिएको छ ।















