सिम्रौनगढ,जनतासंग जसपा नेपाल अभियान अभिमुखीकरण कार्यक्रम बाराको सिम्रौनगढ– २ अमृतगन्जस्थित रामजानकी मन्दिको प्राङ्गणमा शुक्रवार बेलुकी सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनता समाजवादी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सत्तामा पुगेका नेताहरुको नीतिहिनताका कारण नेपालमा गरिवी र बेरोजगारी बढ्दै गएको बताउनुभयो ।नेपालको आर्थिक अवस्था पहिलेकोभन्दा निक्कै बिग्रिएको भन्दै उहाँले कांग्रेस र कम्युनिष्टको शासनले देश बर्वाद पारेको बताउनुभयो ।

‘आजभन्दा ३५ वर्ष पहिले नेपालमा सयौं कल करखाना र उद्योगहरु थिए, उहाँले भन्नुभयो, त्यसबखत दस लाख मानिसहरु रोजगारमा लागेका थिए, तर निजीकरण नीतिका कारण सबै उद्योग धन्दा बन्द भए ।’उहाँले यही कारण आज ७० लाख नेपालीहरु बिदेशिएका र देशको शिक्षा, स्वास्थ्य, उद्योग, कृषि क्षेत्रको अवस्था ध्वस्त भएको बताउनुभयो । अध्यक्ष यादवले विकासको नाममा देशमा भ्रष्टाचार र लुटतन्त्रको वृद्धि भएको पनि बताउनुभयो ।

नेपालमा सुगम जग्गा उब्जाउ भूमि, अनुकुल हावापानी सबै कुरा राम्रो हुदाँहुदै पनि शासकहरुको खराब नियतका कारण कुपोषण र गरिबी फस्टाएको उहाँको भनाई थियो । ‘सत्तामा जुन समुदायको पकड र शक्ति रहन्छ विकास पनि उसैको हुन्छ, उहाँले भन्नुभयो, आज पहाडमा धेरै विकास हुनु र मधेस पछाडि पर्नुको कारण पनि यही हो ।’

कार्यक्रमका अर्का वक्ता मधेस प्रदेसका पूर्व मुख्यमन्त्री एवंम जसपाका शीर्ष नेता सरोजकुमार यादवले मुख्यमन्त्री हुँदा आफूले भ्यासम्म मधेसको विकास गरेको दाबी गर्नुभयो । ‘पाँच पटकसम्म विश्वासको मत लिनु पर्यो, उहाँले भन्नुभयो, मैले मधेस प्रदेशको विकासको लागि धेरै काम गरेको छु ।’ आफूलाई मधेस प्रदेश सभा सदस्यमा मत दिएर विजयी तुल्याउने जनताप्रति ऋणी रहेको भन्दै अर्को पटक योभन्दा धेरै विकास गरेर जनताको ऋण तुक्ता गर्ने उहाँको भनाई थियो ।
जसपा बारा क्षेत्र नम्बर १ का अध्यक्ष सुनिलप्रसाद कुशवाहाको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा जसपाका नेता रामकिशोर प्रसाद यादव, सुनिलकुमार यादव, मधेस प्रदेशका पूर्वअर्थ राज्यमन्त्री उषाकुमारी यादव, बारागढी गाउँपालिका अध्यक्ष अशोककुमार जयसवाल, नेता हेमचन्द्र जयसवरलगायतले बोल्नुभएको थियो ।जसपा नेता राजेश यादवले स्वागत गर्नुभएको सो कार्यक्रममा सहजीकरण नेता रामबाबु प्रसाद यादवले गर्नुभएको थियो ।

Leave a Reply