१३ मंसिर, काठमाडौं । भारतको झारखण्ड राज्यमा दुई सवारीसाधन एकापसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

झारखण्डको रामगढ जिल्लामा शनिबार राति भएको दुर्घटनामा चार बालबालिका, चार महिला र पाँच पुरुष गरी १३ जनाको मृत्यु भएको रामगढ प्रहरीले पुष्टि गरेको छ ।

राँची–पटना राजमार्गअन्तर्गत राष्ट्रिय राजमार्ग–३३ को पैंकी क्षेत्रमा राति करिब २ बजे स्कोर्पियो र अर्को सवारीसाधन एकापसमा ठोक्किएका थिए ।

प्रहरीका अनुसार बिहारको नालन्दा जिल्लास्थित जांघारो गाउँका १४ जना स्कोर्पियोमा सवार भएर रामगढ जिल्लाको रजरप्पा मन्दिरमा पूजा गर्न जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा घाइते भएका एक जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

Leave a Reply