नरेश गुप्ता – बाराको हुलाकी राजमार्ग अन्तर्गत कलैया बरियारपुर सडकखण्डमा टिपरको ठक्करबाट  मोटरसाइकल चालको ज्यान गएको छ । महागढीमाई नगरपालिका  २ बरियारपुर बस स्टैन्ड नजिक टिपरको ठक्करबाट  मोटरसाइकल  चालक रौतहट  जिल्ला  मौलापुर नगरपालिका  २ मर्जादपुर निवासी  बर्ष ३५ को समत यादवको ज्यान गएको जिल्ला  प्रहरी  कार्यालय बाराले जनाएको छ ।
कलैयाबाट मौलापुर जाँदै गरेको  ना ३१ प ६९१० नम्बरको  मोटरसाइकललाई बिपरित  दिशाबाट आउदै गरेको  ना ८ ख ३१५८ नम्बरको  टिपरको  ठक्करबाट  यादवको ज्यान गएको सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरको सशस्त्र  प्रहरी  निरीक्षक  सुदर्शन  आर्यलले बताए ।
ठक्कर  दिने चालक फरार रहेको टिपर प्रहरी  चौकी बरियारपुरको नियन्त्रणमा  रहेको  छ । हुलाकी राजमार्गममा चालकको लापरबाही र सवारीको चाप तेज गतिको कारण अकालमै ज्यान जानेको संख्या बढ्दै गएकोले ट्राफिक  नियमको पालना गर्न आवश्यक रहेको देखिन्छ ।

Leave a Reply