कलैया,नेपाल कम्युष्टि पार्टी बिप्लवसहित ४ वटा कम्युनिष्ट पार्टीहरुले मंगलवारको लागि नेपाल बन्दको आह्वान गरेका छन ।
नेपाल सरकार र नेकपाबीच ०७७ साल फागुन २१ गते भएको ३ बुँदे सहमति बिपरीत झुटा मुद्दामा आफ्ना कार्यकर्तालाई पक्राउ गर्ने, राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप, मूल्य वृद्धि, कालाबजारी, भ्रष्टाचार र कमिशनखोर विरुद्ध विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त विज्ञप्ति निकालेर भाद्र ७ गतेको लागि नेपाल बन्दको आह्वान गरेका हुन ।
यसैबीच बन्दको क्रममा उद्योग, व्यापार–व्यवसाय, यातायात र शिक्षण संस्थासमेत बन्द गरेर नेपाल बन्दलाई सहयोग गरिदिने पनि नेकपाले सोमवार अपिल गरेको छ ।यसैबीच आजको बन्दको प्रभाव बारा पर्सामा भने नपरेको प्रहरीले जनाएको छ ।

















