निजगढ,निजगढ ४ स्थित मानव कल्याण समाजको सेवा घरको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले निजगढ ७ मा रहेको सगरमाथा बचत तथा ऋण सहकारी सस्थाले पच्चिस हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।राष्ट्रिय सहकारी दिवसको अवसरमा आइतवार सहकारी संस्थाले सामाजिक उत्तरदायीत्व कोषबाट सो रकम सहयोग गरेको हो । सेवा घरमा भएको एक कार्यक्रममा सहकारी संचालक समितिका अध्यक्ष भोलाप्रसाद गौतमले उक्त रकम बराबरको चेक समाजकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रममा सहकारी संस्थाकी उपाध्यक्ष हरिमैया पोखरेल उपाध्याय, सचिव बोधनाथ चौलागाई, सल्लाहकार सदस्य सुदर्शनप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा सहकारीका अध्यक्ष गौतमले सेवा घरमा आश्रय लिएर बसेका सडक मानवहरुलाई फलफुल र भोजनको लागि नगद दुई हजार पनि हस्तान्तरण गर्नुभएको छ ।मानवीय भावनाले प्रेरित भएर सहयोग गरेकोमा संस्थाकी अध्यक्ष चौलागाईले सहकारी संस्थालाई धन्यवाद दिनुभएको छ ।

Leave a Reply