कलैया,सशस्त्र प्रहरीले मधेश प्रदेशबाट ३ करोडभन्दा बढी अवैध रकम बरामद गरेको छ । चालु आर्थिक वर्ष २०७८,७९ मा मधेश प्रदेशका ८ वटा जिल्लास्थित गण र छिन्न मस्ता बाहिनीले स्रोत नखुलेको ३ करोड १५ लाख २६ हजार ४ सय ४० रुपैयाँ बरामद गरेको हो ।
छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै ८ नम्बर गण हे.क्वा. धनुषाले ९७ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
सबैभन्दा कम १२ नम्बर गण हेडक्वाटर बाराले ६४ हजार १ सय रुपैयाँ मात्रै बरामद गरेको छ । १३ नम्बर गण हेडक्वाटर पर्साले १२ लाख रुपैयाँ बरामद गर्दा ११ नम्बर गण हे.क्वा. रौतहटले ५८ लाख ८ हजार, १० नम्बर गण हेडक्वाटर सर्लाहीले १८ लाख ७२ हजार ८ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) ठाडा मगरले बताउनुभयो ।
डिआईजी ठाडामगरका अनुसार ९ नम्बर गण हेडक्वाटर महोत्तरीले ४४ लाख ४४ लाख २४ हजार ५ सय ६० रुपैयाँ, ७ नम्बर गण हेडक्वाटरसिरहाले १४ लाख २८ हजार ७० रुपैयाँ, ६ नम्बर गण हेडक्वाटर सप्तरीले २० लाख ७२ हजार ६ सय ९० र छिन्नमस्ता बाहिनीले ४९ लाख ५१ हजार ७ सय २० रुपैयाँ बरामद गरिएको हो ।
मधेश प्रदेशका आठ वटै जिल्लाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारती रुपैयाँ पनि बरामद गरेको छ । १७ लाख ५९ हजार ७ सय १ भारतीय रुपैया बरामद गरिएको डिआईजी ठाडामगरले जानकारी दिनुभयो ।
पर्साबाट ६ लाख ६ हजार ५ सय १ रुपैयाँ, बाराबाट ३ लाख ५ हजार ६ सय ४० रुपैयाँ, सर्लाहीबाट ४७ हजार ५ सय ६० रुपैयाँ, महोत्तरी र धनुषाबाट ४÷४ लाख गरेर जम्मा १७ लाख ५९ हजार ७ सय १ भारु बरामद गरिएको डिआईजी ठाडामगरले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।