काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्यवृद्धिसँगै सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । एकैदिन भएको उल्लेख्य वृद्धिले सुनको मूल्य फेरि उकालो लागेको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ३ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।

















