कृष्ण मोहन साह

सेढवा –  भारतको मुम्बईबाट आइतबार पर्साको सीमावर्ती नाका भिखनाठोरी आइपुगेका २४ जना नेपालीहरुलाई भिखनाठोरीबाट ६ किलो मिटर दुरीमा पर्ने अनुसुचित जाती जनजाति आवासीय उच्च विद्यालय धमौरामा राखिएको छ।

 

आइतबार भारतको पश्चिमी चम्पारण जिल्लामा पर्ने भिखनाठोरीको एक विद्यालयमा राखिएका २४ जना नेपालीहरुलाई सोमबार धमौरा स्थित अनुसुचित जाती जनजाती आवासीय उच्च विद्यालयमको क्वारेन्टाइनमा राखिएको भारतीय सीमा सुरक्षा बल भिखनाठोरीले जानकारी दिएको छ।

 

 

भिखनाठोरीको एक विद्यालयमा राखिएको २४ जना नेपालीहरु आइतबार राती १२ बजेको समयमा भारतीय सुरक्षा बलको टोली चेकजाँच गर्न जाँदा कोही पनि नदेखिएकाले नेपाल स्थित सशस्त्र प्रहरीलाई खबर गरेको र खबर पाउना साथ खोजी गर्दा सीतागुफा नजिकै फेला पारिएको र जिल्ला सँग समन्वय गर्दा भारत नै फर्काइदिने आदेश भएपछि पुनः भारतीय सिमा सुरक्षा बल कै जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले बताए।

 

 

 

 

१४ दिन सम्म उक्त विद्यालयको क्वारेन्टाइनमा राखिने र १४ दिनपछि क्वारेन्टाइन बसेको प्रमाणपत्र दिने र आवस्यक प्रक्रिया पूरा गरि उनीहरूलाई नेपाल पठाइने भारतीय सिमा सुरक्षा बलले जानकारी दिएको पनि सशस्त्र प्रहरी निरीक्षक दाहालले जानकारी दिए।

 

 

 

 

गत बैशाख ३१ गते नेपाल जानभनी हिडेका नेपालीहरु चितवनका २१ जना , मकवानपुरका २ जना र कंचनपुरका १ जना रहेका छ्न्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here