काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई म्याद थपको प्रक्रिया अघि बढाउन प्रहरीले सरकारी वकिल कार्यालयमा उपस्थित गराएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि अर्याललाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा लगिएको हो ।

सरकारी वकिल कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेपछि अर्याललाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको ठगी प्रकरणमा अर्यालको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply