वीरगन्ज,वीरगन्ज उद्योग वाणिज्य सङ्घले एक समारोहबीच सङ्घकै कार्यकक्षमा राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत नारायणप्रसाद मैनालीसँग बिहीबार भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमका सभापती वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमी, वीरगन्ज क्षेत्रमा बढ्दो आर्थिक महत्व र सम्भावना व्यक्त गर्दै उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्या र चुनौतिहरुबारे प्रकाश पार्नु भएको थियो ।

देशको ७० प्रतिशतभन्दा बढी कार्गो वीरगन्ज नाकाबाट आयात हुने गरेको र राष्ट्रिय राजस्वमा ५०–६० प्रतिशतको योगदान रहेको वीरगन्ज क्षेत्रको भौतिक पूर्वाधारमा पनि सोही अनुपातमा विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजस्व अनुसन्धान विभागबाट लागू गरिएको भिसिटिएस प्रणाली लगायत राजस्व सम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनमा उद्योगी÷व्यवसायीहरुले भोग्नु परिरहेको समस्याहरु समाधानका लागि वीउवासङ्घ र राजस्व अनुसन्धान कार्यालयले संयुक्त रुपमा पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी अन्य सहभागीहरुले भिसिटिएस प्रणालीले सृजना गरेको जटिलता तथा भिसिटिएसका कारण उद्योगी÷व्यवसायीहरुले व्यहोर्नु परिरहेको व्यय भारका कारण सो प्रणालीलाई व्यवस्थित तुल्याउन उद्योगी÷व्यवसायीहरुलाई राजस्व अनुसन्धान कार्यालयले प्रशिक्षण दिनुपर्नेमा पर्नेमा जोड दिएका थिए ।

राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख राजस्व अधिकृत नारायणप्रसाद मैनालीले भिसिटिएसलगायत राजस्व अनुसन्धान सम्बन्धी प्रशिक्षण दिइ वैध व्यापारलाई प्रोत्साहनको निमित्त छठ पर्व लगत्तै वीरगन्जमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने आश्वासन दिनुभयो । उहाँले राजस्व अनुसन्धानका क्रममा आउने नीतिगत तथा व्यवहारिक समस्याहरुलाई समाधान गर्नेतर्फ आपूm प्रयत्नरत रहने पनि बताउनुभयो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएकोले कार्यक्रममा नेउवामहासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानी, अशोककुमार वैध, प्रदीपकुमार केडिया, सङ्घका पदाधिकारीहरु, संघको कार्यसमितिका सदस्य तथा उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वीउवासङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here