निजगढ,दुई दिन राम्ररी घाम लागेको तराई–मधेसमा बुधवार फेरि बाक्लो हुस्सु लागेको छ ।दुई साताअघि सोमवार र मङ्गलवार तराई मधेसका जिल्लामा बिहानैदेखि पारिलो घाम लागेको थियो । बुधवार भने बिहानैदेखि बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लामा बाक्लो हुस्सु र शीतलहर छ । चिसो बढ्दा दैनिक काम गरेर हातमुख जोड्नुपर्ने वर्गका नागरिक, स्कुल जाने बालबालिका बढी प्रभावित भएका छन् ।

तराईका जिल्लाका किसानलाई यति बेला उखु काटेर चिनी उद्योगसम्म पु¥याउनुपर्ने चटारो छ । चिसोले उखु काट्ने खेताला पाउन नसकिएको किसानले बताएका छन् ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने अहिले (बुधवार बिहान) तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो दिउँसो पख कम हुँदै जाने बताउनुभयो ।

Leave a Reply