अनिल तिवारी
सिमरा –  प्रदेश नम्बर २ मा मुख्यमन्त्री “बेटी पढाउ बेटी बचाउ” अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकामा ३ दिने छोरी शिक्षा बिमा शिविर सम्पन्न भएको छ । छोरी प्रतिको समाजीक दृष्टिकोण परिवर्तन गर्न यस प्रदेशमा मुख्यमन्त्रीले अभियानको रुपमा लागु गरीएको ३ दिने शिविरमा ४ सय ५४ जना छारीहरुको बिमा गरीएको छ ।

 

पहिलो दिन बिहिबार यस उपमहानगरको वडा नम्बर १० स्थित छातापिपरामा १ सय ४३ जना, दोस्रो दिन शुक्रबार वडा नम्बर २ स्थित सिमरामा १ सय १३ जना र अन्तिम दिन शनिबार वडा नम्बर १५ स्थित डुमरवानामा १ सय ९८ गरी कुल ४ सय ५४ जना छोरीहरुको बिमा गरीएको जीतपुरसिमरा उपमहानगरपालिकाका समाजीक शाखाका प्रमुख हरिकिशोर साहले जानकरी दिनुभयो ।

 

२०७५ माघ १ गतेयता जन्मेका छोरीहरुको बिमा गराउन प्रभु बैँकसँगको सहकार्यमा प्रदेश २ सरकारले बिमा सप्ताह सञ्चालन गरीरहेको छ । जसअन्तर्गत जीतपुरसिमरा उपमहानगरमा तीन दिने शिविर सञ्चालन गरीएको हो ।

Leave a Reply