बसन्त लामा

सिगौंल,सोलर र टुकी बत्तिको भरमा गुजारा चलाउदै आएका बाराको निजगढसंग सिमा जोडिएको मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १ का बासिन्दाले बिजुली बत्ति बाल्न पाउने भएका छन ।

बिजुली बत्तिको अभावमा वर्षौदेखि अध्यारोमा जीवन बिताउदै आएका बस्तिका १ सय ५० घरधुरी परिवारले बिजुली बत्तिको सुविधा पाउने भएका हुन । बस्तिमा बिजुली बत्ति बल्ने भएपछि स्थानीय खुसी बनेका छन ।

विद्युत प्राधिकरणले बस्तिमा विद्युत प्रसारणको लागि तार र पोल जडान गर्न २ करोड ६३ लाख बिनियोजन गरेपछि बकैया गाउँपालिका वडा नम्बर १ स्थित धियाँल डाँडा, आहाल, मोरङगे, लुकुन्ट डाँडा, विजयबस्ती र घयरबासका १ सय ५० घरधुरी परिवाले घरमा बिजुली बत्ति बाल्न पाउने पाउने भएका हुन ।

बस्तिमा बिजुली बत्ति बल्ने भएपछि स्थानीयमा खुसी छाएको स्थानीय नेत्रबहादुर थिंङले बताउनु भएको छ ।

राजुवा निवासी गायक तथा सामाजिक अभियन्ता प्रतीक ब्लोनको पहलमा विद्युत प्राधिकरणका कार्यकारी प्रवन्ध निर्देशक कुलमान घिसिङसमक्ष माग पत्र पेस गरिएपछि घिसिङ्गको निर्देशनमा बत्ति बाल्ने योजना सुरु भएको हो । घिसिङ प्राधिकरणका प्रवन्ध निर्देशक बनेपछि बकैया गाउँपालिका वडा नम्बर १ मा ६५ प्रतिशत स्थानीयले बिजुलीको उपभोग गर्न पाएका छन ।

आउदो वर्षबाट बकैया गाउँपालिकाकै चाँदी खोला पारि रहेको बागफालमा पनि विद्युत प्रशारण सुरु हुन लागेको अभियन्ता प्रतीकले बताउनु भएकोछ । विद्युतसंगै खानेपानीको पनि अति असुविधा रहेको सो क्षेत्रमा खानेपानी समितिसंग सहकार्य गरेर पिउने पानीको पनि व्यवस्था गरिने उहाँले बताउनुभयो ।

गायक र समाजिक अभियन्तासंगै नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्षसमेत रहेका राजुवा निवासी प्रतीकले वडाको विकास निर्माण कार्यमा स्थानीयलाई सहयोग गर्दै आउनुभएको छ ।

Leave a Reply