तस्विर : गुगल

९ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी हुँदा दुई जना घाइते भएका छन्। आगलागीबाट होटलमा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आशिष गौतमले सञ्चालन गर्दै आएको द डोर्स होटलमा सोमबार राति साढे ११ बजे आगलागी भएको हो।

आगलागी नियन्त्रणमा लिने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नवीन नेपाल सामान्य घाइते भएका प्रहरीले जनाएको छ।

स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा राति १२ः२० बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट होटलको भान्साकोठा र हलमा क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धानअनुसार विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ।

Leave a Reply