काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ।
मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको हो।
त्यसैगरी, बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६ हजार ९६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर ३ हजार ४० रुपैयाँमा झरेको छ।
महासंघका अनुसार बुधबार १० ग्राम चाँदीको मूल्य २ हजार ६०६ रुपैयाँ कायम भएको छ।














