आइतवार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा संसदहरुले सोधेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिनुभयो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमभन्दा पनि बाहिरका कुरा बढी गर्नुभयो नै फेरि नेपालको सदनमा धेरै बाहिरको कुरा नै उठ्ने भएकाले पनि प्रधानमन्त्रीले बाहिरको कुरा गर्नु खासै नौलो पनि भएन । तर, सरकारले आगामी आर्थिक वर्षका लागि भन्दै गत बैशाख १९ गते नीति कार्यक्रम ल्याएको छ । यसमा बहस पनि भएको छ ।
सत्ता पक्षले यसको बचाउ गरेपनि विपक्षी सांसदहरुले भने विरोध गरेका छन् । नेपालमा फेरि सरकारमा भएपछि जे आएपनि समर्थन गर्नुपर्ने र विपक्षी भएपछि राम्रो भएपनि विरोध गर्नुपर्छ भन्ने सोच छ । राम्रो कार्यक्रम जसले ल्याए पनि समर्थन गर्नुपर्दछ तर नेपालमा नीति तथा कार्यक्रम अनि बजेट कार्यान्वनमा पनि धेरै समस्या देखिन्छ ।
एक त सरकार नै पूरा अवधि नरहँदा पनि समस्या हुनेगर्दछ । अघिल्लो सरकारले बैशाखमा नीति कार्यक्रम ल्याएको थियो, तर असारमा बाहिरिन परेको थियो । अब यो सरकारको पनि कुनै ठेगान छैन । यो पनि कार्यान्वयन पक्षको समस्या नहोला भन्न सकिदैन । जनताको पक्षमा आउने नीति कार्यक्रमहरु जुन सरकार आएपनि फरक नपर्नु पर्ने हो तर नेपालमा यस्तो अभ्यास नभएकाले पनि नीति कार्यक्रम कार्यान्वयनमा समस्या देखिदैआएको छ ।

Leave a Reply