कृष्ण मोहन साह
सेढवा, २६ मंसिर । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेका नेपाल राष्ट्रिय आधारभूत बिद्यालय कठकुइया बसनपुर महादेवपट्टीमा शिक्षकको अभावलाई पूर्ति गर्न गाउँपालिका अध्यक्ष रामप्रित महतोलाई ज्ञापन पत्र बुझाएका छन् । विहिबार सो विधालयका बिद्यार्थी र विधार्थीका अभिभावकहरुको सयुक्त टोलीले गाउँपालिका अध्यक्ष महतोलाई ज्ञापनपत्र बुझाइएका छन् ।
बिद्यालयमा अध्यापन गराउन शिक्षकको कमी भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए । बिद्यालयमा कक्षा ६ र ७ मा अध्ययनरत ७५ जना बिद्यार्थीहरू सरकारी सेवाबाट बन्चित भएको भन्दै त्यसको पनि माग गाउँपालिका अध्यक्ष महतोसँग गरेका छन् । सो विधालयमा अध्ययनरत्त बिद्यार्थीहरु हालसम्म पाठ्यपुस्तक तथा छात्रवृत्तिको रकम समेत नपाएका गुनासो गरेका थिए ।
बिद्यालयमा तीन जना स्थायी शिक्षक तथा दुई जना बाल बिकास शिक्षिका र अन्य स्वयम सेवकले मात्रै अध्यापन गराएका हुँदा शिक्षक कमि भएकाले माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ । गाउँपालिकामा ज्ञापन पत्र बुझाउने टोलिमा वडा नम्बर १ का वडा अध्यक्ष शेखनुमान आजम, वडा सदस्य, बिधालय व्यवस्थापन समितीका अध्यक्ष तथा अभिभावक बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष महतोले शिक्षा बिकास तथा समन्वय एकाइ पर्साले शिक्षक सेवा आयोग उतिर्ण गरेका पठाएका शिक्षक मध्ये एक जनालाई सो बिद्यालयमा पठाउने प्रतिब्द्धता जनाएका छन् ।