आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण हुदैछ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा भोलि मिर्गौला प्रत्यारोपण हुँदै छ । उपचार प्रबन्धका लागि प्रधानमन्त्रीलाई हिजोदेखि नै अस्पताल भर्ना गरिएको छ । अग्रिम स्वास्थ्य परीक्षणहरूले प्रधानमन्त्री मिर्गौला पुनः प्रत्यारोपणका लागि स्वस्थ र सक्षम रहेको देखाएका छन् । अस्पतालले उपचारको तयारी पूरा भएको जानकारी दिएको छ । सरकार प्रमुखको स्वदेशमै हुन लागेको पहिलो यति ठूलो उपचार भएकाले सारा देशवासी प्रसन्न छन् ।

 

 

 

 

स्वदेशमै प्रत्यारोपणका निर्णयकर्ता प्रधानमन्त्री र त्यसका हिम्मतकर्ता विज्ञ चिकित्सकहरूको उनीहरू मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । प्रधानमन्त्री शीघ्र र पूर्ण स्वस्थ भएर काममा फर्किएको हेर्न आतुर पनि छन् । १२ वर्षअघि विदेश जानुको विकल्प थिएन । अहिले स्वदेशमै सुविधायुक्त प्रत्यारोपण सम्भव छ । प्रधानमन्त्रीबाट त्यसको सम्मान र मूल्यांकन भएको छ।हो, देशको प्रधानमन्त्रीको जोखिमशून्य र उच्च गुणस्तरीय उपचार हुनु वाञ्छनीय छ । हाम्रै देशमा त्यो अवस्था सिर्जना भइसकेको प्रधानमन्त्रीको निर्णयले पुष्टि गर्छ ।

 

 

 

 

उनले गर्वका साथ स्वदेशी अस्पताल र चिकित्सकमाथि विश्वास गरेका छन् । यसले उच्च पदस्थ र सम्पन्नशालीमा विदेशको उपचार मोह भंग गराउँछ । स्वदेशको उपचार सेवामा सर्वसाधारणको भरोसा एवं ऊर्जा बढाउँछ । त्यसले उपचाररतहरूको मनोबलसमेत वृद्धि गर्छ । प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले दिएको छोटो भिडियो सन्देशमा पनि त्यही भाव व्यक्त गरेका छन् । त्यसमा भनेका छन्, ‘आफ्नै मुलुकमा, आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु। र, अत्यन्तै खुसी पनि छु ।’ यसले देशको चिकित्सा सेवा र चिकित्सकमा गहन उपचारको उत्प्रेरणा बढ्छ । स्वास्थ्य समृद्धिको यो महत्त्वपूर्ण कदम हो ।

 

 

 

 

 

 

 

चिकित्सा सेवामा प्रविधिको विकास उच्च छ । प्रत्यारोपण र मिर्गौला दानका क्रममा गरिने दुवै शल्यक्रिया निकै सहज बनेका छन् । सानो घाउ बनाएर गरिने शल्यक्रियापछि स्वस्थ हुन धेरै समय लाग्दैन । त्यसमाथि प्रधानमन्त्रीको प्रविधिज्ञान, उच्च साहस, मनोबल एवं सकारात्मक सोचका कारण जटिलता निकै घटेको ठान्न सकिन्छ । धपेडीमा काम गर्ने बानी, रोगलाई कामले थिच्ने तरिका र जति बिरामी भयो उति सक्रिय हुने शैली प्रधानमन्त्री ओलीका अनुकरणीय छन् । खासमा प्रधानमन्त्री ओलीको रोग राष्ट्र र लोकतन्त्रका लागि लड्दा सिर्जित हो । उनले चौध वर्षभन्दा बढी जेलजीवन बिताएका थिए । त्यसैले पनि अझ यो देशका लागि प्रधानमन्त्री ओलीको खांचो छ र उनको स्वास्थ्य लाभ सबैले गर्न आवश्यक छ ।

Leave a Reply