वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका २२ लाख २ हजार ७०० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरीले सामान ओसारपसारमा प्रयोग भएका तीनवटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–१० स्थित रानीघाटबाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएका ४ लाख २३ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो।

त्यसैगरी, तीनवटा सवारीसाधनमा लोड गरी भन्सार छली ल्याउँदै गरेको कपडालगायत १७ लाख ७९ हजार २०० रुपैयाँ बराबरका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सम्पूर्ण सामान र नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply