नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक लामो समयपछि बसेको छ । नेपाली काँग्रेसले आफूलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टी बताउने गर्दछ र देशको पुरानो पार्टी भएको पनि दाबी गर्दै आइरहेको छ ।नेपाली राजनीतिको अध्ययन गर्ने हो भने काँग्रेस पुरानो पार्टी नै हो । कम्यूनिष्टहरुभन्दा काँग्रेस नै अगाडि जन्मिएको पार्टी हो तर काँग्रेसको अहिलेको पारा हेर्ने हो भने निकै रमिता देखिन्छ ।अहिलेको सरकारको सहयात्री दल पनि काँग्रेस नै हो । काँग्रेसको सभापतिमा लामो समयदेखि शेरबहादुर देउवा हुनुहुन्छ । देउवा उनै मान्छे हुन् जो राजाका पालामा पनि सभापति थिए, प्रधानमन्त्री थिए गणतन्त्र आएपछि पनि प्रधानमन्त्री भए । उनको बिपक्षमा पार्टीभित्र घनिभूत रुपमा आवाज उठे पनि तत्काल नै काँग्रेसको देउवाको बिकल्प देखिएको छैन ।काँग्रेसका कहेी नेताहरु अहिले भ्रष्टचारको आरोपमा जेलमा समेत छन् यस्तो अवस्थामा काँग्रेसको केन्द्रीय समितिको बैठक बसेको छ । बैठकमा यो बिषयमा कुरा उठे पनि भ्रष्टचारमा संलग्नहलाई कारबाही गर्ने विषयमा सभापित देउवा नै मौन हुनुहुन्छ । भ्रष्टचारीहरुको पृष्ठपोषण गरेको आरोप काँग्रेसलाई लागि रहेको छ तैपनि सभापति देउवा रमिते बन्नुभएको छ । अनि काँग्रेसको यो बैठकले पनि केही निर्णय गर्न सकेन भने झनै रमिता बढ्ने निश्चित छ ।

Leave a Reply