आर.के.चौधरी

सखुवाप्रर्सौनी,पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ स्थित श्री नेपाल राष्ट्रिय अधारभूत विद्यालय रामभौरी भाठाका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरिएको छ ।

विद्यालयको बाल विकास केन्द्र र कक्षा ५ कक्षासम्मका विद्यार्थीहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को लागि विद्यालय पोसाक विरतण गरिएको हो ।

गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष फरमान मिया अन्सारीको उपस्थितिमा छात्रवृत्ति बापत विद्यालये पोसाक वितरण गरेको हो ।

पोसाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आर्जुन महतो थारु, महिला सदस्य गिता देवी, सदस्य बिसुनबहादुर लामा, असिम मिया, सरीफन खातुन, विद्यालयका प्रधानध्यापक खेमराजप्रसाद राउत थारु, विद्यालयका शिक्षक÷शिक्षिका र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

विद्यालयमा बाल विकास कक्षादेखि कक्षा ५ सम्म १ सय ७६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

Leave a Reply