कुनै जामानामा बारामा रहेका बलेही खेल्ने खेतहरुमा लागू औषधका बेर्नाहरु मौलाउदै गरेको देख्न पाइथ्यो तर आजकल जताततै नगदेबाली उखूको बोट देख्न सकिन्छ । बाराको खेतमा नगदेबालीका रुपमा उखू मौलाउन थालेको धेरै समय भएको छैन तर जब उखू मौलाउन थाले तब उखूमाथि पनि अन्याय हुन थालेको छ । उखूको बोटमा नै समस्या सृजना गरिदा उखू कृषकहरु मारमा परेका छन् ।
सरकारी स्तरको वीरगन्ज चिनीमिल बन्द भएपछि यस क्षेत्रका कृषकहरुले बारामा रहेको र रौतहटमा रहेका उखूमिलहरुमा लगेर उखू पेल्न बाध्य भएका छन् । निजी क्षेत्रबाट संचालित उधोगहरुले भने जसरी समयमा नै भुक्तानी नगर्दा उखू कृषकहरु मारमा परेका छन् । हरेक बर्ष जब उखुको समय आउने गर्दछ जब उखू कृषकहरुको पीडा दर्दनाक हुने गर्दछ ।
यसपाली पनि समस्या बल्झिएको छ । यसपाली पनि कृषकहरुले लगाएको उखूबालीका बिषयमा राजनीति शुरु भएको छ । उखू लगाएका बाराका कृषकहरुले रौतहटको चिनीमिलमा उखू लैजाने तयारी गरेका छन् । बारामा रहेको एकमात्र उखूमिलले भने जसरी सेवा प्रदान गर्न नसक्दा पनि समस्या हुने गरेको हो । त्यसैले बाराका उखू कृषकहरुको समस्या स्थायी रुपमा समाधान हुने गरी उपाय निकाल्न आवश्यक छ ।