वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौंस्थित हुलाकी राजमार्गको छेउमा एक अधवैसे महिलाको बेवारिसे शव फेला परेको छ ।सोमवार दिउँसो चार बजेको समयमा अलौंस्थित हुलाकी राजमार्गको छेउको पोखरीमा रातो रंगको स्विटर र पहेलो पेटीकोट लगाएको नामथर बतन नखुलेको अन्दाजी. ५५-६० वर्षकी महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

महिलाको बेवारिसे शव फेला परेको जानकारी पाउने बित्तिकै खटिएको प्रहरी टोलीले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी थापाले बताउनुभयो ।५ फिट १ ईन्च उचाई, रातो रंगको स्विटर र पहेलो पेटीकोट कपडा लगाएकी महिलाको शवको अहिलेसम्म सनाखत हुन नसकेको डिएसपी थापाले बताउनुभएको छ ।

Leave a Reply