वीरगञ्ज,वीरगञ्जस्थित नारायणी अस्पतालको प्राङ्गणमा वीरगञ्ज समाज सेवाद्वारा २९औं सप्ताहको अवसरमा निःशुल्क भोजन शिविर आयोजना गरेको छ ।कार्यक्रममा ५५० जना बिरामी, असहाय, रिक्सा चालक, ठेला र इरिक्सा चालक लगायतलाई निशुल्क भोजन प्रदान गरिएको थियो ।कार्यक्रमको अध्यक्षता वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोककुमार गुप्ताले गर्नुभएको थियो । निशुल्क भोजन शिविर हरेक शनिवार आयोजना गर्ने गरिएको छ । शनिवारको शिविरमा २ बोरा चामलको भात, दाल, आलु परवलको तरकारी र भुटेको हरियो खुर्सानी सहित भोजन प्रदान गरिएको थियो ।

Leave a Reply