निजगढ,निजगढ ९ को सेवा शुभारम्भ सहकारी संस्थाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्तिस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई एक थान स्टीलको दराज सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हिजो विद्यालयमै पुगेर सो दराज सहयोग गरेको हो । सेवा सुशारम्भ सहकारी संचालक समितिका अध्यक्ष मणिश्वर घिमिरेले विद्यालयका लेखापाल सिताराम रखाललाई दराजको साचो हस्तान्तरण गर्नुभएको थियो ।सो कार्यक्रममा सहकारी संचालक समितिका उपाध्क्ष निर्मल भण्डारी, सचिव मनोज रेग्मी, सहसचिव दिपक शिवाकोटी, सदस्यहरु भिमप्रसाद सापकोटा, अनिश पोखरेललगायतको उपस्थिति रहेको थियो ।



















