सिमरा। बाराका एक युवक भारतको बिहारमा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवताल गाउँपालिका–७, फुलवरियाका २४ वर्षीय मनोहर सिंह रहेका छन्।
भारतीय सशस्त्र सीमा बल ९एसएसबी० को ७१औँ बटालियनअन्तर्गत बेल्दरवामठ बीओपीको टोलीले बिहार प्रहरी र आदापुरका प्रखण्ड विकास पदाधिकारीसँगको समन्वयमा गरेको संयुक्त गस्तीका क्रममा उनलाई पक्राउ गरेको हो।
एसएसबीका अनुसार भारतको बिहारस्थित आदापुर थाना क्षेत्रको श्यामपुर गाउँनजिक सुरक्षा जाँच गर्ने क्रममा सिंहलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८३र६ बाट करिब साढे चार किलोमिटर भारतीय भूमिभित्र उनको जाँच गर्दा प्लास्टिकको बोरामा लुकाइएको ७६।६६ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
उनको साथबाट बीआर ०५ बीडी २९६७ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेका सिंहलाई लागूऔषध र मोटरसाइकलसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आदापुर प्रहरीको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।

















