Exif_JPEG_420

पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको आयोजनामा एकदिने पोष्टहार्भेस्ट व्यवस्थापन तालिम सोमवार सम्पन्न भएको छ ।सहकारीमा आवद्ध ६५ जना सदस्यहरुको सहभागितामा संस्थाको बडहर्वास्थत मुख्य कार्यालयको सभाकक्षमा तालिम सम्पन्न भएको हो ।तालिमका सहभागीहरुलाई संस्थाका कृषि प्राविधिक जलेन्द्र चौधरी, अध्यक्ष नयनकला खड्का र मुख्य प्रबन्धक पुष्पराज खतिवडाले तालिम दिनुभएको हो ।विशेष गरी तरकारी उत्पादन, ग्रेडिङ्ग, बजारीकरण र रोग किरा नियन्त्रण सम्बन्धी विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो । कुनै पनि बाली टिपिसकेपछि उपभोक्तासम्म नपुगन्जेल बस्तुको उचित व्यवस्थापन गरि नोक्सानी हुनबाट बचाउनु पोष्टहार्भेस्ट व्यवस्थापन भएको हुँदा विशेष गरी तरकारी खेतीसँग सम्बन्धित रहेर सहभागीलाई तालिम दिइएको सहकारीकी अध्यक्ष खड्काले बताउनुभयो ।नेपाल कृषि सहकारी केन्दी्रय संघ लिमिटेड काठमाण्डौंको सहयोगमा तालिमको आयोजना गरिएको हो । उक्त तालिम मंगलबार कलैया उपमहानगरपालिका वडा नम्बर २ को दोहरीमा समेत संचालन हुने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply