मनहर्वा, ३० साउन– कोराना संक्रमणबाट बिहिबार बाराका थप दुई जनाको ज्यान गएको छ । बाराको प्रसौनी गाउँपालिका– २ का ६५ वर्षीय पुरुष र जितपुरसिमरा उपमहानगरपालिका– ४ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको वीरगंजस्थित नारायणी अस्पतालले जनाएको छ ।

मृतकहरुमध्ये पर्सौनीका ६५ वर्षीय पुरुषलाई बिहिबार नैै नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहान साढे ८ बजेतिर मृत्यु भएको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताउनुभयो ।

अर्का जीतपुरसिमराका संक्रमितलाई भने बुधबार अस्पताल भर्ना गरिएको थियो । उनको पनि बिहान करिब ९ बजेतिर मृत्यु भएको संयोजक डा सिंहले बताउनुभयो ।

मृतक दुवै जनामा दम, मुटु र मधुमेह रोगसमेत रहेको अस्पतालले जनाएको छ । याेस‌गै बारामा काेराेनाबाट ज्यान गुमाउनेकाे स‌ख्या ७ पुगेकाे ५ । जीतपुरसिमराका मृतकको सिमरा चोकको एनसीसी बैँक छेउमा मासु पसलसमेत छ । उनी बिरामी परेपछि छोराहरुले पसल चलाउदै आएका छन ।

Leave a Reply