नरेश गुप्ता

बरियारपुर,बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिकामा २ जना महिलामाथि कुटपिट गरिएको घटना बाहिर आएको छ । बोक्सी आरोपमा पीडित हुनेमा सासु, बुहारी रहेका छन ।

पचरौरा नगरपालिका वडा नम्बर ५ निवासी उमेश महतो नुनियाकी आमा मुअनी देबी र श्रीमती कोशिला देबी महतोलाई स्थानीय केहीले बोक्सी आरोपमा कुटपिट गरेको वडा अध्यक्ष लक्ष्मी यादवले जानकारी दिनुभयो । बोक्सी आरोप लगाउदै चनरदेव महतो नुनिया, दिपक महतो, मालती देबी लगायतले सासु मुहनी र बुहारी कोशिलालाई कुटपिट गरेका हुन । कुटपिटबाट घाइते दुबैको वीरगन्जस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

चनरदेब नुनियाकी १६ वर्षकी छोरी नेहा कुमारीलाई बोक्सी मन्त्र लगाएर बिरामी पारेको भन्दै महिलालाई कुटपिट गरेको पीडित मुअनीदेबीका छोरा उमेश महतो नुनियाले बताउनुभयो । नेहा टाउको दुख्ने लगायत अन्य समस्याबाट पनि पहिलेदेखि नै बिरामी पर्दै आएकी थिइन । तर बोक्सी मन्त्र लगाएर छोरीलाई बिरामी पारेको भन्दै आमालाई कुटपिट गरिएको उहाँले बताउनुभयो ।

बोक्सी आरोपमा महिलामाथि कुटपिट गर्नेविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यलय बारामा पुगेका पीडितका छोरा उमेशलाई प्रहरीले ईलाका प्रहरी कार्यलय सिम्रौनगढबाट मुद्दा दर्ता गराउने गरी पठाएको मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here