कलैया,आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको लागि बारामा २४ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन । निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको कार्य सकिदा बारामा सो संख्यामा मतदाता थपिएका हुन ।निर्वाचन आयोग नेपालले गत असोज १० गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्य शुक्रवारबाट सकिएको हो । बारामा सो अवधिमा जिल्ला निर्वाचन कार्यालय बारामा २४ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
बारा जिल्लामा २४ हजार ६ सय ६४ जनाले नयाँ मतदातामा थपिएका छन । जसमध्ये पुरुष ६ हजार २ सय ८ र महिला ४ हजार ७ सय ५४ जना गरि कुल १० हजार ९ सय ६२ जना नागरिकताबाट नयाँ मतदाता थपिएका हुन । त्यस्तै राष्ट्रिय परिचयपत्रमार्फत १३ हजार ७ सय २ जना थपिएका जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले जानकारी दिनुभएको छ ।
कार्यालय प्रमुख चौधरीका अनुसार बारा जिल्लामा पुरुष २ लाख ४७ हजार ७ सय ९६ , महिला २ लाख ४ हजार ४ सय ३४ अन्य ११ जना र राष्ट्रिय परिचय पत्रमार्फत १३ हजार ७ सय २ जना गरि कुल मतदाताको संख्या ४ लाख ५२ हजार २ सय ४१ जना रहेको छन् ।आगामी फागुन २० गतेसम्म पनि १६ देखि १८ वर्ष मुनि सम्मकाले मतदाता नामावलीमा दर्ता गर्ने सक्ने छन् तर मतदाता नामावलीमा भोटर लिस्टमा नाम नआउने कार्यालय प्रमुख चौधरीले बताउनुभयो । तर १८ वर्ष भन्दामाथिका मददाताले निर्वाचनमा सहभागी हुनसक्ने उहाँले बताउनुभयो ।त्यसैगरी राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिने गरी आयोगले व्यवस्था मिलाएको छ ।


















