अहिले देशकम जनप्रतिनिधिहरु छन् । देशभरका स्थानीय तहहरुमा जनप्रतिनिधिहरु रहेका छन् । उनीहरुले पनि जनताको पक्षमा काम गर्दै आइरहेका छन् । जनप्रतिनिधिहरु जसले जे भनेपनि अन्ततः जनताप्रति जवाफदेही हुनुको विकल्प पनि छैन । जनताको मत पाएर पदमा गएकाले पनि उनीहरु जनताप्रति उत्तरदायी बन्नुपनि पर्दछ ।
जनप्रतिनिधिहरुले स्थानीय स्तरमा काम गरिरहेको हुनाले पनि राज्यका अन्य निकायले पनि उनीहरुसंग समन्वय गरेर नै काम गर्दा उत्तम हुन्छ ।
तर, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ भने समस्या सृजना भएको छ । वडा अध्यक्ष आफैले विधुत प्रसारण लाइनमा अवरोध गरेको कुरा आएको छ । वास्तवमा विधुत प्राधिकरणको नियत पनि गलत नहोला । विधुत प्राधिकरणले पनि जनताका लागि नै विधुत सेवा बिस्तार गरेको हो र वडा अध्यक्षको पनि उद्देश्य भनेको त जनताले सेवा पाउन् भन्ने नै हो, यसमा दुई पक्षका बीचमा समस्या देखिदैन ।
यद्यपि वडा अध्यक्ष र विधुत कर्मचारीहरुको बीचमा टकराव पनि देखिन्छ । यसरी विकास निर्माणको सवालमा राज्यका अंग र जनप्रतिनिधिहरुका बीचमा  विवाद हुनु राम्रो होइन । यसले अन्ततः जनतालाई नै घाटा हुनेछ । त्यसैले पनि कतिपय अवस्थामा जनप्रतिनिधि पनि नरम र राज्यका अन्य निकायले त जनप्रतिनिधिहरुसंग समन्वय नै गर्नु पर्दछ अनि मात्रै विकास तीव्र गतिमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here