मुख्य तः बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको मुख्य सडक चौडा गर्ने समय सीमा दिइएपछि हेटौंडामा मात्र होइन बारा र पर्सामा पनि यसको बहस हुन थालेको छ । किनभने बाराका सडक पनि साँघुरा छन् र यहाँ पनि सडक बिस्तार हुन आवश्यक छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढदेखि बाराको पथलैयासम्मको सडक विस्तारका लागि ठेक्का आह्वानको तयारी अन्तिम चरणमा पुगेपछि पनि अब सडक चौडाको बिकल्प नदेखिएको हो । एशियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुन लागेको यो परियोजनामा नेपालमै पहिलोपटक वन्यजन्तुमैत्री फ्लाइओभर निर्माण गर्न लागिएको हो।
कुल १०० किलोमिटर दूरीको यस खण्डमध्ये पहिलो चरणमा नारायणगढ–गोंद्राङ करिब सात किलोमिटर सडक विस्तार भइसकेको छ। बाँकी भागको विस्तारका लागि छिट्टै नयाँ ठेक्का आह्वान हुनेछ र  मुख्य सडक चार लेन र बजार क्षेत्र आठ लेन (सर्भिस लेनसहित) मा विस्तार गरिनेछ।यसो भएपछि यो सडकमा हुने सवारी दुर्घटनामा न्यूनिकरण पक्कै हुनेछ । यसरी विस्तार हुने सडकमा करिब दुई किलोमिटर क्षेत्र तीन–तीन लेनको फ्लाइओभरमार्फत सवारीसाधन चल्नेछ भने त्यसको तल जंगली जनावर आवतजावत गर्न सक्ने व्यवस्था मिलाइनेछ। टिकौली जंगल क्षेत्रमा पहिलो र अमलेखगञ्ज–आधाभार क्षेत्रमा दोस्रो चरणको फ्लाइओभर निर्माण योजना छ।
त्यसैले पनि यो बिकासको बाधक कोही अब बन्न हुन्न । हेटौंडाको सडक चौडा हुने बित्तिकै अमलेखगन्जको हुन्छ नै अनि पूर्व पश्चिम राजमार्ग अनि वीरगन्जको मुख्य सडक पनि चौडा हुन अति आवश्यक छ । यसका लागि धेरै पटक अभ्यास भएका छन् । यो पटक यसै समय सकिने संभावना छैन र अब कसैको स्वार्थका लागि यो अभियान रोकिन पनि हुन्न ।

Leave a Reply