कलैया,गाउँमा लागेको मेला हेर्न भनेर घरबाट निस्किएका वीरगञ्जका एक पुरुषको शव बाराको फेटा गाउँपालिका वडा नम्बर १ स्थित गण्डक नहरमा भेटिएको छ ।वीरगन्ज महानगरपालिका ३ छपकैयाका करिब २६ वर्षीय वीरेन्द्र साह सोनारको शव बिहीवार बिहान गण्डक नहरमा भेटिएको हो ।
नहर छेउमा हिड्दै गरेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घर नफर्किएपछि उनको आइतबार साँझदेखि नै खोजी कार्य भइरहेको थियो ।बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार मुसर्वा मेला हेर्न भनेर वीरेन्द्र चार दिनअघि घरबाट निस्किएका थिए । उनीसंगै उनको घरमा बस्ने बिजय गुप्ता कलवार पनि गएका थिए । कलवार पनि सम्पर्क विहिन छन् ।प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सापकोटाले वीरेन्द्रसंगै गएका कलवार पनि हालसम्म सम्पर्कविहिन रहेको बताउनुभयो । सापकोटाले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

















