हेटौंडा – विश्वव्यापी रुपमा फैलिरहेको कोबिड-१९ का कारण विश्व ठप्प छ । उद्योग कलकारखाना, बजार शिक्षण संस्था ठप्प रहेको छ । कोबिड-१९ को प्रभाव नेपालमा पनि देखिएको छ। कोबिड- १९ लाई फैलन नदिन सरकारले देशमा लकडाउन गरेको छ । लकडाउनका कारण बजार आशिंक खुलेका छन भने शैक्षिक संस्था पुर्ण रुपमा बन्द रहेका छन् । लकडाउनका कारण विद्यालयका पठनपाठन हुन नसकेपछि केही विद्यालय र क्याम्पसले पठनपाठन अनलाइनबाट सञ्चालन गरीरहेका छन् ।

 

 

 

 

यसै क्रममा मकवानपुरका सामुदायीक र निजि विद्यालयले निश्चित समय तोकेर अनलाइनबाट सञ्चालन गरीरहेका छन् । मकवानपुर जिल्लाका साथै सदरमुकाम हेटौँडाका केही निजि तथा सामुदायीक विद्यालयले अनलाइनबाट सञ्चालन गर्न थालेपछि मोवाइल र ल्याप्टपको बिक्रि वितरण र व्यापार बढेको छ । अनलाइनबाट सञ्चालनका लागि इन्टरनेट, मोवाइल, ल्यापटप र कम्प्युटरको आवश्यकपर्ने र जुम, वाट्सअप, फेसबुक म्यासेनजर लगायतका न्यु मिडियाको सहयोगमा अनलाईन कक्षा हुने भएकोले अभिभावकहरु मोवाइल र ल्याप्टप किन्न आउने गरेको मोवाइल तथा कम्प्युटर पसल संचालकहरु बताउछन् ।

 

 

 

अहिले विभिन्न शैक्षिक संगठनको सहयोगमा स्थानिय टिभि रेडियोमा भरर्चुवल कक्षा संचालन भइरहको र विद्यार्थीको पठनपाठनमा सहयोग र्पुयाउने उद्देश्यले नेपाल टेलिकमले ई-शिक्षा प्याकेज सञ्चालनमा ल्याएकोले पनि एंड्रोएड मोवाइलको बिक्रि वितरण बढेको हेटौँडा-४ स्कुलरोडमा रहेको क्यानभास ट्रेड्र्सका संचालक श्याम अधिकारीले बताए । लकडाउनका कारण बजार बन्द भएपछि हेमडेलिबरी सेवा मार्फत दैनिक ५ देखि १० मोवाइल विक्रि भइरहेको अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here