काठमाण्डौ – चिनियाँ उद्यमी एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डौ आइपुग्नुभएको छ ।ज्याक मा आज मङ्गलवार दिउँसो बोइङ ३७६ विमानमार्फत काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको अध्यागमन विभागका महानिर्देशक खिमलाल भुसालले जानकारी दिनुभयो ।ज्याक मा अन्य सात जनाको टोलीसहित काठमाण्डौ आउनुभएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । स्रोतका अनुसार ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।ज्याक माले सन् १९९९ मा आफ्ना साथीसँग मिलेर अलिबाबा ग्रुप स्थापना गरेका थिए । यो कम्पनीको बजार मूल्य अहिले एक खर्ब डलरभन्दा माथि पुगेको छ । अलिबाबा विश्वको ठूलोमध्येको एक ई–कमर्स कम्पनी हो । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।



















