नेपालको वैदेशिक व्यापारमा २८ वटा भन्सार विन्दु सञ्चालनमा रहे पनि आयात तथा निर्यातको ठूलो हिस्सा वीरगञ्ज भन्सार नाकामै केन्द्रित देखिएको छ। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा मुलुकको कुल आयातको झण्डै आधा हिस्सा वीरगञ्ज नाकाबाट भएको छ।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालमा ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। त्यसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ। यो कुल आयातको ४८।३० प्रतिशत हो।

वीरगञ्ज नाका नेपालका लागि पेट्रोलियम पदार्थसहित विभिन्न औद्योगिक कच्चा पदार्थ तथा उपभोग्य वस्तुको प्रमुख प्रवेशद्वारका रूपमा रहेको छ। आयातसँगै निर्यात व्यापारमा पनि यस नाकाको उल्लेखनीय योगदान छ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालबाट कुल १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यसमध्ये वीरगञ्ज नाकाबाट मात्रै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

आयातको आधारमा वीरगञ्जपछि भैरहवा दोस्रो ठूलो भन्सार नाका बनेको छ। यस नाकाबाट तीन महिनामा ९८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो कुल आयातको १५।२८ प्रतिशत हो।

त्यसैगरी विराटनगर भन्सार नाकाबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। कुल आयातमा यसको हिस्सा १२।११ प्रतिशत रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भने ५१ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ, जुन कुल आयातको ७।९८ प्रतिशत हो।

अन्य भन्सार नाकाको तुलनामा नेपालगञ्ज, मुस्ताङ र मेची नाकाबाट पनि उल्लेख्य आयात भएको छ। तीन महिनाको अवधिमा नेपालगञ्जबाट २३ अर्ब ९१ करोड, मुस्ताङबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ।

यसैबीच, प्राकृतिक विपद्का कारण उत्तरी नाकाबाट हुने व्यापार प्रभावित हुँदा नेपालको वैदेशिक व्यापार थप दक्षिणी नाकामा निर्भर बन्न पुगेको छ। गत भदौ १० गतेको बाढीले नेपाल–चीन व्यापार प्रभावित बनाएपछि मुस्ताङ नाकामा व्यापार सीमित भएको छ। कालीगण्डकी नदीमा आएको बाढीले उक्त नाकासमेत प्रभावित पारेको थियो।

त्यस्तै, रसुवागढी नाकामा बाढीले क्षति पुर्‍याएपछि चोभारस्थित सुक्खा बन्दरगाहको व्यापारिक गतिविधिमा समेत कमी आएको छ। समीक्षा अवधिमा चोभार भन्सार विन्दुबाट जम्मा ४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

मुलुकका विभिन्न भन्सार विन्दु सञ्चालनमा रहे पनि व्यापारको ठूलो हिस्सा

Leave a Reply