कलैया,राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणले तिव्रता लिएको छ । नेपाली सेनाको व्यवस्थापन तथा पूर्ण निगरानीमा निर्माण भइरहेको यस आयोजनालाई २०७८ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।यसअघि नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता कारणले अपेक्षित गतिमा निर्माण कार्य अघि बढ्न सकेको थिएन । तर, अब भने आयोजनाले उल्लेखनीय गति लिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ ।
काठमाडौँ–तराई द्रुतमार्ग आयोजनाको आर्थिक वर्ष २०८१-८२ को अद्यावधिक विवरणअनुसार, २०८२ असार मसान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ। यस्तै, वित्तीय प्रगति ४४ प्रतिशत (मोबिलाइजेशनसहित) रहेको छ ।

योजनाको १३ वटा निर्माण प्याकेजमध्ये प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयन चरणमा छन् । प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा भने अझैपनि जग्गा अधिग्रहण तथा प्रारम्भिक समन्वयको काम जारी छ ।हालसम्म आयोजनाको कुल खर्च ८० अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यसमा जग्गा खरिदका लागि दिइएको पेश्की १ अर्ब ६५ करोड, निर्माण व्यवसायीलाई दिइएको पेश्की ८२.३७ करोड, विद्युत प्राधिकरणलाई दिइएको पेश्की ९.८१ करोड, राजस्व दाखिला गरिएको रकम २ अर्ब ५७ करोड, यी सबैलाई समावेश गर्दा आयोजनाको खुद खर्च ७७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

काठमाडौँ–तराई-मधेश द्रुतमार्ग निर्माण कार्य २०७८ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको हो । राष्ट्रिय महत्त्वको यो आयोजना सम्पन्न भएपछिको प्रभाव राजनीतिक, आर्थिक तथा सुरक्षात्मक दृष्टिले दूरगामी हुने विश्वास गरिएको छ ।नेपाल सरकारको प्राथमिकतामा रहेको यो आयोजनाले राजधानी काठमाडौँलाई तराईसँग छोटो समयमा जोड्नेछ, जसले विकास र समृद्धिको गति थप चाँडो पार्ने अपेक्षा गरिएको छ ।

Leave a Reply