कलैया,बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको ल८ुले स्वागत गरेका छन् ।
वडा नम्बर १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् ।
चुनाव जितेर विजयी ¥यालीमा वडा नम्बर १० मा पुगेका तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको ल८ुले स्वागत गर्नुभएको हो ।
जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको ल८ु दिइएको थियो । त्यो ल८ु पछि उपस्थित समर्थकलाई बाँडिएको छ ।
ल८ु दिने ठकुराईले आफू कुनै पनि दलमा नरहेको भन्दै यी जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा ल८ु बाँडेको बताउनुभयो ।
स्वागतपछि मेयर साहले नागरिकको यसप्रकारको विश्वासलाई आफूहरुले कहिल्यै टुट्न नदिने बताउनुभयो ।
मेयर साहले कलैया उपमहानगरपालिकालाई देशमै नमूना उपमहानगर बनाउने हिसावले आफूले ५ वर्षदेखि गोप्य गृहकार्य गरिरहेको बताउँदै अब त्यसको कार्यान्वयन गर्ने बताउनुभयो ।
कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर बिजयी हुुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याउनुभयो । उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरि बिजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाउनुभयो ।