जनताबाट निर्वाचित भएर सांसद हुँदै मन्त्री भएकाहरुको हुर्मत कसैले पनि लिन सक्दैन । लिन्छन त केवल मन्त्रीको आफ्नै आचरण बानी अनि कार्यशैलीले ।पर्सामा संघीय मन्त्री बनेका एकजना माननीयले भने अब चैं लाज मान्नुपर्ने अवस्था सृजना भएको छ । हुन त लाज नभएकाहरुले नै राजनीति गर्ने हो भन्ने भाष्य नेपालको सवालमा सृजना गरिएको छ तर वास्तवमा यो मान्यता चैं गलत हो । काम गर्दै गर्दा मानिस असफल पनि हुनसक्छ यसमा लाजको कुरा आउदैन तर प्रयास नै नहुनु नै दुःखद हो ।

जसको मत लिएर पर्सा १ बाट प्रतिनिधि सभा सदस्य प्रदीप यादव मन्त्री बन्नुभयो उसैको मतको अपमान चैं भएको छ । पर्सा अनि वीरगञ्जमा अहिले खानेपानीको हाहाकार नै मच्चिएको छ ।त्यसो त वीरगञ्जबासीको लागि यो नौलो समस्या होइन हो, अघिल्लो बर्षायाममा यादव मन्त्री नभएकाले उहाँलाई प्रश्न गर्ने कुरा आएन तर यसपाली त उहाँ संघीय सकारको खानेपानी मन्त्री हुनुहुन्छ । अनि आफ्नै जिल्ला र क्षेत्रका नागरिकहरु पिउने पानीको अभावमा काकाकुल बन्नुपर्ने यो कस्तो बिडम्बना हो मन्त्री ज्यू ? सारा नेपालका नागरिकहरुले नै थाहा पाए कि मन्त्रीको जिल्लामा नै खानेपानीको हाहाकार छ भनेर ।

सकेसम्म त यहाँका समाजले यो कुरा बाहिर लान नचाहेको पनि थियो तर अब बाध्य भएपछि के गर्ने ? अर्को विकल्प पनि भएन र नागरिकहरुको आवाज पत्रिकामार्फत उजागर भएको हो ।त्यसैले आफू पदमा रहेदा वीरगञ्जका नागरिकहरुको कम्तिमा पानीखाने व्यवस्था मिलाउनुस् । शुद्ध पानी पिउने अधिकारको सुनिश्चित गर्नुस् मात्र काठमाडौंमा गएर गफ गरेर चैं अब धेरैले कुरा पत्याउने अवस्था चैं छैन ।

 

Leave a Reply