पछिल्ला दिनमा समय निकै अगाडि बढिरहेको भनेर प्रचार गरिएको छ । हुन पनि दश वर्षकै अवधिको विश्लेषण गर्ने हो भने पनि सूचना तथा सञ्चार प्रविधिका हिसावले समय निकै अगाडि बढिरहेको छ ।चलचित्र क्षेत्रको कुरा गर्ने हो भने पचासको दशकमा पनि सबैका लागि सहज थिएन । ६० कै दशकमा पनि कठिन थियो । कसैले फिल्म बनाएको खण्डमा खेर गइरहेको पनि देखिन्थ्यो तर अहिले पनि सबै चलचित्रले राम्रो गरिरहेका छन् भन्ने पनि होइन । आम्दानीको हिसावले सबैले कमाएका पनि छैनन् ।

तर पनि पछिल्लो समय एउटा चलचित्रले राम्रो सन्देश दिएको छ । कथाबस्तु राम्रो भयो भने नेपाली चलचित्रहरु पनि दर्शकमा माझमा बिक्नसक्छन् र कमाइ राम्रो गर्न सक्छन् भन्ने उदाहरण ‘पूर्णबहादुरको सारंगी’ भन्ने चलचित्रले दिएको छ । यो नेपाली चलभित्र अहिले सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ । यसको कमाई एकदमै राम्रो छ । यो चलचित्रले नेपाली चलचित्रको भविष्यलाई पनि उज्वल बनाइ दिएको छ ।लगानी गर्नेहरुलाई पनि यसले उत्साहित बनाएको छ । कथाबस्तु राम्रो बनाउन सक्यो भने कमाईको सवालमा र दर्शकको मन पराउने सवालमा पनि समस्या हुँदो रहिनछ भन्ने कुरा ‘पूर्णबहादुरको सारंगी’ले स्पष्ट सन्देश दिएकाले पनि अब नेपाली चलचित्रको भविष्य राम्रो देखिएको छ । जवरजस्ती थुपार्नेभन्दा पनि स्तरीय कथा बनाउन सकेको खण्डमा नेपाली चलचित्र चल्ने यो घटनाले प्रस्ट भएकोछ ।

Leave a Reply