कलैया,आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज कलैयामा पत्रकारहरुसंग अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।जिल्ला समन्वय समिति बाराको सभाहलमा भएको कार्यक्रममा बोल्दै चार वटै क्षेत्रका निर्वाचन अधिकृतहरुले निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गरिने प्रतिबद्धता जनाएका छन ।

बैठकमा निर्वाचन अधिकृतहरु शम्भुकुमार बस्नेत, किरण कुमार सिंहलगायतकाले सञ्चारकर्मीलाई सहज रुपमा सूचना उपल्बध गराइने बताउनुभयो । बैठकमा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले निर्वाचन लक्षित गरी सुरक्षा रणनिति तयार गरिएको समेत बताउनुभयो । उहाँले निर्वाचन अचार सहिता बिपरित कार्य गर्नेलाई कारवाही गरिने समेत चेतावनी दिनुभयो ।

सहभागीहरूले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले कुनै पनि किसिमको डर, दबाब, हिंसा र अवाञ्छित गतिविधि हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीको अध्यक्षतामा भएको उक्त बैठकमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र कुंवर, सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक खुमबहादुर केसी, श्री रिपुमर्दन गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्री, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उप निर्देशक सरोज निरौला, जिल्ला निर्वाचन अधिकारी नविन चौधरी, नासु मुकेशकुमार सिंह, लेखा अधिकृत रामबिनय मुखिया, लगायतको सहभागिता रहेको थियो ।
यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजै राजनैतिक दलका प्रतिनिधिहरुसंग समेत छलफल गरेको छ ।

Leave a Reply