काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक तथा जनसरोकारका विषयमा विशेष सम्बोधन गर्ने भएका छन् ।

कांग्रेसका अनुसार सभापति थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बोधनका क्रममा थापाले मुलुकको पछिल्लो राजनीतिक अवस्था, जनसरोकारका मुद्दा तथा पार्टीको आगामी रणनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका बीच हुन लागेको सभापति थापाको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

Leave a Reply