वीरगन्ज,कुनै समय सामाजिक क्षेत्रमा सकृय रहेकी एक सामाजिक अभियान्ता अहिले आफै जीवनमरणको दोसाँधमा उभिनु भएको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत ६८ वर्षिया समाजिक अभियन्ता बिन्दुदेवी घिमिरे उपचारका लागि आवश्यक पर्ने रकमको अभावमा थला पर्नु भएको हो । सुमार्ग सामाजिक संस्था काठमाण्डौको आयोजनमा बिभिन्न स्वास्थ्य शीविरको आयोजन गरी धेरैलाई स्वस्थ बनाउनुभएकी बिन्दु देवीको दुबै मृगौला बिग्रिएपछि हाल उहाँको नेशनल मेडिकल कलेजको भेन्टीलेटरमा उपचार भइरहेको छोरी प्रतिभा कोइरालालाले बताउनुभयो । उहाँले आमालाई आफू मृगौला दिन तयार रहेपनि प्रत्यारोपणका लागि आवश्यक पर्ने रकम अभाव हुँदा समस्या भएको गुनासो गर्नुभयो ।

वीरगन्ज १५ भिस्वा निवासी विन्दुदेवी करिब एक दशक अगाडिसम्म्म सामाजिक क्षेत्रमा सकृय रहने गरेको यहाँका सामाजिक अभियान्ताहरुले बताएका छन् । आमाको उपचारका लागि सहयोग गरिदिन र यसका लागि नेपाल बैकको लिमिटेड श्रीपुर वीरगन्जमा रहेको खाता नम्बर ०४९१०२०६६१६६८३०००००१ मा ईच्छुक परोपकारी मन भएका दाताहरुले रकम जम्मा गराई दिन पनि छोरी प्रतिभाले अपील गर्नुभएको छ । वीरगन्जका सामाजिक अभियान्ता प्रकाश थारुले पनि इन्दु देवी कुनै बेलाकी सामाजिक अभियान्ता भएकाले आफुहरुले पनि अहिले उहाँको उपचारका लागि साथ दिएको तर उपचारमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here