पोखरिया,पर्साको पोखरिया नगरपालिका अस्पतालमा वीरगन्ज उद्योग वाणिज्य संघको सहयोगमा निर्माण गरिएको शल्य चिकित्साकक्ष र सघन चिकित्साकक्षको मंगलवार उद्घाटन गरिएको छ ।

पोखरिया नगरपालिका वडा नम्बर– ४ पोखरिया बजारमा रहेको अस्पतालमा शल्य चिकित्साकक्ष र सघन चिकित्साकक्षको नगर प्रमुख दीपनारायण रौनियार र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

नगरपालिकामा सञ्चालित रहेको पोखरिया अस्पतालमा तत्कालका लागि फार्मेसी, गर्भवती जाँच सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, ओपिडी सेवा, नेबुलाइजर र २४ औ घन्टा आपतकालीन सेवा, एम्बुलेन्सलगायतको सेवा प्रवाह भइरहेको अस्पतालमा शल्य चिकित्साकक्ष र सघन चिकित्साकक्ष सञ्चालनमा आएको नगर प्रमुख रौनियारले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रौनियारले स्थानीय तहको चुनावमा जनतासँग गरेको बाचा अनुसार नै स्वास्थ्य र शिक्षा क्षेत्रमा आफूहरुले महत्वपूर्ण कार्य गरेको पनि उहाँलो जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख उमेश ढकाल, वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष सुबोध गुप्ता, उपमेयर सलमा खÞातुन, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्षहरु, अस्पतालका प्रशासन प्रमुख, नेता नेजामुदिन समानीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here